सिरहा । सिरहा नगरपालिका–६ का वडा अध्यक्षले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नगरपालिकाले गरेको ९औं नगरसभा ‘पुरै मजाक’ भएको टिप्पणी गरेका छन्।
आज सम्पन्न नगरसभापछि उनले स्टाटस लेख्दै, “सिरहा नगरपालिकाले गरेको नगरसभा आज पुरै मजाक लाग्यो” भनेका छन्।
नगरसभामा के–के विषयमा छलफल भयो र उनको असन्तुष्टि किन प्रकट भयो भन्नेबारे उनले थप विवरण भने दिएका छैनन्। सिरहा नगरपालिकाले आज औपचारिक कार्यक्रममार्फत आफ्नो ९औं नगरसभा सम्पन्न गरेको हो।




















