सिरहा । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता अरुण यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका यादवले पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेसँगै सिरहाको राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।

दुई दशकभन्दा लामो समय नेपाली कांग्रेसमा रहेर राजनीतिक तथा सांगठनिक गतिविधिमा सक्रिय यादवले आफ्नो स्थानीय क्षेत्रमा बलियो जनाधार र लोकप्रियता बनाएका छन्। स्थानीय स्तरमा युवामाझ राम्रो पकड र प्रभाव राख्ने नेताका रूपमा परिचित यादवको रास्वपा प्रवेशलाई जिल्लाको राजनीतिक समीकरणमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।

स्थानीय स्तरमा आफ्नो छुट्टै पहिचान बनाएका यादवको आगमनले रास्वपाको संगठन विस्तार र जनाधार थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उनको पार्टी प्रवेशलाई नेपाली कांग्रेसका लागि सांगठनिक क्षति र रास्वपाका लागि राजनीतिक उपलब्धिका रूपमा समेत विश्लेषण गर्न थालिएको छ।