मिथिला रत्न,सिरहा – नेकपा (माओवादी केन्द्र) का पूर्व जिल्ला सदस्य विजय कुमार गुप्ताविरुद्ध ठगी तथा विश्वासघात मुद्दामा पक्राउ परेका छन ।

लहान नगरपालिका–७ निवासी गुप्तामाथि इञ्जिनियर विनित यादवले २०८० साल चैत २१ गते ठगी र विश्वासघात भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका थिए। उजुरीपछि चैत २२ मा मुद्दा दर्ता भए पछि गुप्ता पक्राउ परेका छन ।

पीडित यादवका अनुसार उनले गुप्तासँग व्यक्तिगत चिनाजानीका आधारमा २ लाख ९० हजार रुपैयाँ प्रदान गरेका थिए। गुप्ताले विभिन्न पालिकाको आईटी प्रोजेक्ट मिलाइदिने प्रलोभन देखाएर रकम लिएको यादवको भनाइ छ।

उनका अनुसार उनले मिति २०७६ साल माघ १ गते मेगा बैंकमार्फत १ लाख ५० हजार रुपैयाँ, माघ २ गते नगद ५० हजार र पछि वेबसाइट सम्बन्धी कार्यको लागि ९० हजार थप रकम बुझाएका थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपि अन्न्त राम शर्माले लेनदेन बिषयमा उजुरी परे पछि उहाँ लाई पक्राउ गरिएको जानकारी दिए ।